डडेल्धुरा: नेपाल आदिबासी जनजाती महासंघ समन्वय परिषद डडेल्धुराले आफ्नो दोस्रो अधिबेसन बिविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको छ ।
महासंघले हिजो (बिहिवार) आलिताल गाउँ पालिकाको प्राङ्गणमा दोस्रो अधिबेसन सम्पन्न गरेको हो ।
अधिबेशनबाट पदम बहादुर डाला मगरको नेतृत्वमा १३ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ ।
बरिस्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद नगरकोटि सर्वसम्मत चयन भएका छन् । तेस्तै महिला उपाध्यक्षमा पदमा गाहा मगर महासचिवमा हरि बहादुर थापामगर ,सचिवमा उमा गाहा मगर तेस्तै सचिवमा केशव बुढामगर र कोषाध्यक्षमा बिष्णु थापा मगर सर्वसम्मत चयन भएका छन् । बाकी रहेको एक उपाध्यक्ष ,तीन वटा सचिव र सह कोषाध्यक्ष पदमा छुटेका जातजाती र क्षेत्र ,भुगोललाई समेट्ने गरि समाबेश गरिने अध्यक्ष पदम बहादुर डाला मगरले जानकारी दिए ।
नेपाल आदिवासी जनजाती महासंघ सुदूर पश्चिम प्रदेश अध्यक्ष दल बहादुर घर्तिमगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अधिबेशनमा विभिन्न जातजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकी कार्यक्रम प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथीमा सम्बिधान सभा सदस्य हरिलाल थापामगर,आलिताल गाउँ पालिका उपाध्यक्ष मैना कुमारी रावल ,डडेल्धुरा जिल्ला समन्वय समितीका उपप्रमुख अमृता ठडालीमगर रहनु भएको थियो ।
निर्वाचित नयां नेतृत्वले जिल्लामा रहेको विभिन्न जातजातीको भाषा, सँस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्ने जनाएको छ ।