डडेल्धुरा:प्राकृतिक श्रोत र जलाधार व्यवस्थापनमा महिला तथा जोखिममा रहेका समुहदायहरुको मुद्दाहरु सम्बोधन गर्न आज बहुसरोकारवालाहरुको संबाद कार्यक्रम सम्पन्न भएको छ ।
यु.एस.एड.जल जंगल कार्यक्रम अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिकामा उक्त संबाद कार्यक्रम सम्पन्न भएको हो ।
आलिताल गाउँपालिकाको सभाहलमा गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलको अध्यक्षतामा संञ्चालन भएको संवाद कार्यक्रममा संविधानसभा सदस्य हरिलाल थापा मगर प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।
यु.एस.एड.जल जंगल कार्यक्रम अन्तर्गत सम्पन्न भएको संबाद कार्यक्रममा परियोजना अधिकृत प्रमोद सुवेदीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै यु.एस.एड.जल जंगल कार्यक्रम अन्तर्गत जैविक विविधता संरक्षण, वातावरणीय अपराध नियन्त्रण र जलवायू अनुकुलनका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरिने बताए ।
संवाद कार्यक्रममा यु.एस.एड.जल जंगल कार्यक्रमका लोक बहादुर नेपालीले यु.एस.एड.जल जंगल कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको महत्वको वारेमा प्रकाश पारेका थिए ।
संवाद कार्यक्रममा आलितालमा जैविक विविधता तथा प्राकृतिक श्रोतको संरक्षण र सदुपयोगको अवस्था, वातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतिक श्रोतको सुरक्षा र जलवायू परिवर्तन र बैकल्पिक जिविकोपार्जनका विषयमा सामुहिक छलफल गरिएको थियो ।
