

धनगढीः कैलालीमा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।
पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर, औषधि र खुर्सानी जलेको छ।अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्। प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर, औषधि र खुर्सानी जलेको छ। साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ। केहि दिन अगाडी मात्रै कर्णाली पुलमा लाइटर बोकेको एक ट्रकमा आगलागी भएको थियो ।
