
बझाङः बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्।

खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो।


घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घटनाको पुर्ण विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
