विद्यार्थी भर्ना अभियान कार्यशाला गोष्ठी सम्पन्न

sc mahendra

डडेल्धुरा:स्थानिय तहसंगको सहकार्यमा शैक्षिक सत्र २०८१ को लागि विद्यार्थी भर्ना अभियान कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा उक्त कार्यशाला डोटीको बुडर पिपल चौतारीमा आज(आइतबार) सम्पन्न भएको हो ।
“सबै बालबालिकाको विद्यालयमा सहभागिता,गुणस्तरिय शिक्षाको सुनिश्चितता” भन्ने सरकारको नारा अनुसार शैक्षिक सत्र २०८१ को लागी विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन कार्यशाला गरिएको सामाजिक बिकास डडेल्धुराका प्रमुख कुल बहादुर सोतीले जानकारी दिए ।

२०६१ साल देखि सरकारले हरेक शैक्षिक सत्रमा विद्यार्थी भर्नालाई अभियानकै रुपमा अगाडी बढाईरहेको छ । ५ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरि गुणस्तरिय शिक्षामा सुनिश्चितता गर्ने अभियानको उद्देश्य रहेको छ ।

कार्यशालामा डडेल्धुरा समन्वय समितिका प्रमुख, उप प्रमुख, सात वटै पालिकाको प्रमुख तथा उपप्रमुख, पालिकाको शिक्षा शाखा प्रमुख तथा सामाजिक बिकास समितिका अध्यक्ष ,विभिन्न संघसंस्थाका प्रमुख,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यशालामा सात वटै स्थानिय तहका शिक्षाको अवस्था कस्तो छ र नयां विद्यार्थी भर्ना सम्बन्धि निति तथा योजना कस्तो रहेको छ भन्ने विषयमा छलफल भएको थियो । राष्ट्रिय जनगणना २०७८ को तथ्यांङ्क अनुसार डडेल्धुरामा ९३ प्रतिशत मात्र बालबालिका विद्यालय भर्ना हुने गरेका छन् भने ७ प्रतिशत अझै विद्यालयको पहुंचबाट टाढा रहेको पाइएको छ । जस अनुसार डडेल्धुरामा करिब ५ हजार बालबालिका शिक्षाबाट बन्चित रहेको पाइएको छ ।

आजको कार्यशालाले विद्यालयको पहुंचबाट टाढा रहेका ति बालबालिकालाई विद्यालय सम्म पुरयाउन सहयोग पुग्ने बताइएको छ । विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर भर्ना गर्नु पर्ने,भर्ना भएका विद्यार्थीलाई स्कुलमा टिकाइराख्ने वातावरण स्थानिय सरकारले गर्नु पर्ने उपस्थित सहभागीहरुले राखेका थिए ।

संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा व्याख्या गरेको छ । तर प्रत्येक वर्ष सञ्चालन गरिने यस्ता अभियान निष्प्रभावी बन्दा संविधानले सुनिश्चित गरेको शिक्षा पाउने मौलिक हकबाट बालबालिका वञ्चित भएका देखिन्छन् । हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि करिब दुई सातासम्म अभियान सञ्चालन गरिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.