new year2082 desk
Citizan

बझाङमा भालुको आक्रमणबाट बुवा र छोरी घाईते

bhageswar small
alital janahit
lali

बझाङः बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन्। थलारा गाउँपालिका-८ गण्डाउली बस्ने ६० वर्षीय मदनराज जोशी र उनकै १३ वर्षीया छोरी देउसरा जोशी हिजो साँझ आक्रमणबाट घाईते भएका हुन्।

घर नजिकै राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिवार भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको, शरीर र हातमा गहिरो चोट लागेको चौधरीले बताए। घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.