डडेल्धुरा : मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पुर्ववडाअध्यक्षको मृत्यु पछि डोटीको गैरा बजारमा भने स्थानीयले चक्काजाम गरेका छन् । सोमबार बिहान कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।
ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बसका चालक फरार भएका थिए । तर, उक्त पवनदुत यातायात व्यवसायी समिति सम्पर्कमा नआएकाले आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा गन्त्व्यमा जान लागेका सवारीसाधन रोकिएका छन् ।
मृतक ऐरको परिवारले भने दोषी सम्पर्कमा नआए सम्म शव नउठाउने बताएका छन् । अहिले ऐरको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शवघरमा राखिएको छ । ऐर २०७४ सालको स्थानिय तहको चुनावमा एमालेबाट आलिताल गाउंपालिका वडा न.१ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
