new year2082 desk
Citizan

आमाको मृत्यु र बुवा जेल गए पछि बेसहारा बनेका परिवारलाई जम्मा भयो करिब चार लाख सहयोग

bhageswar small
alital janahit
lali

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउंपालिकामा केहि दिन अगाडी श्रीमानले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको थियो ।
जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले बन्चरो प्रहारबाट ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवाको मृत्यु पश्चात बेसहारा बनेका परिवारलाई करिब चार लाख रकम संकलन गरिएको छ ।
बेसहारा बनेका बालक दाजुभाइ जगदीश र दिनेश देउवाको अध्ययनको लागि भन्दै समाजसेवी कृष्ण देउबा र सुरत चन्दको अगुवाईमा ३ लाख ८२ हजार ६९ रुपैयां सहयोग रकम संकलन गरिदिएका हुन ।
समाजसेबी देउबाका अनुसार वैशाख १८ गते भएको अप्रिय घटनाबाट आमा सधैंको लागि गुमाएको र दोषी बुवा कारागार चलानको प्रक्रियामा रहेकोले साहारा विहीन बनेका जगदीश र दिनेश देउवाको अध्ययनको लागि थालिएको अभियानले ३ लाख ८२ हजार ६९ रुपैयां सहयोग संकलन भएको र सोहि रकमबाट हस्पिटलको खर्च रु ५३ हजार ५ सय तिरिएको दिएको बताए । बाकि रमक भने जगदिश देउबाको खातामा जम्मा गरिने बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.