
दार्चुला र कैलालीकोमा गरि हिजो (सोमबार)दुई जना महिला करेन्ट लागेर घाइते भएका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छन्। उनलाई सोहि ठाउँको पातलि लेकको जङगलमा स्याउला काट्नेक्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको हो। तेस्तै धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी केन्ट लागेर घाइते भएकी हुन्।

मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ
घाइते भएकी धामीको शंकरपुर स्वास्थ्यचौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढमा लगिएको छ भने अर्का घाईते मेनुकाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।



