कैलालीमा मोटरसाईकलको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

sc mahendra

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ। मोटरसाईकलले पैदलयात्री कैलालीको गौरीगंगा नगरपालिका १ का लालबहादुर बोहराको छोरा अन्दाजी ९ वर्षीय युबराज बोहरालाई ठक्कर दिँदा मृत्यु भएको हो।
गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा।प्र।०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

You might also like
Leave A Reply

Your email address will not be published.