पर्यटकिय स्थल आलितालमा पनि विभिन्न संस्कृति पोषाक भाडामा उपलब्ध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ ५ , सुन्दर पर्यटकिय स्थल आलितालमा पनि संस्कृति पोषाकमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । आलिताल गाउंपालिका वडा न. ३ मा रहेको जनजाती महिला समुहले पर्यटकिय स्थल आलितालमा संस्कृति पोषाकमा फोटो खिन्न पाउने व्यवस्था मिलाएको हो ।
सुन्दर नगरी आलितालको प्रचारप्रसार गर्नुका साथै उक्त ठांउमा रहेको जनजातीको सास्कृतिक पहिचानलाई पनि टेवा पुग्ने गरि विभिन्न जातजातीको पोषाकमा फोटो खिच्न व्यवस्था मिलाईएको समुहका अध्यक्ष खिमा देबि रानामगरले बताइन ।

आलितालमा आउने पर्यटकले उक्त समुहमा सम्पर्क गरेर न्युनतम शुल्कमा पोषाक उपलब्ध गराइने समेत बताइन ।
वडा कार्यलयको आर्थिक सहयोगमा समुहले मगर,राई,गुरुङ,तामाङ,भोटे लगाएतका जनजाती पोषाक खरिद गरिएको अध्यक्ष रानामगरले बताइन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital


डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रको एक महत्वपूर्ण धार्मीक तथा पर्यटकिय स्थल भएकोले यस्को बिभिन्न क्षेत्रबाट प्रचार प्रसार गरिरहेको गाउंपालिका उपाध्यक्ष मैना कुमारी रावलले जानकारी दिए । उपाध्यक्ष रावलले यो कार्यक्रमले बिभिन्न जनजातीको परम्परागत सस्कृतिको जगेर्ना गर्न सहयोग पुग्नुका साथै पर्यटकिय स्थल आलितालको प्रचारप्रसारमा पनि सहयोग पुग्ने भएकाले सास्कृतिक पोषाक खरिदमा सहयोेग गरिएको बताए ।

अहिले बिभिन्न ठाउंहरुबाट आलिताललाई गन्तब्य बनाएर बनभोज तथा अवलोकन गर्न आउने गरेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.