आलिताल गाउँपालिकाको शिक्षामा नयाँ अभ्यास

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँ पालिकाले शिक्षामा नयाँ अभ्यास थालनी गरेको छ ।
विद्यालय सुपरिवेक्षण तथा शिक्षकको निरन्तर पेशागत सहयोग कार्यक्रमको नयाँ अभ्यास भुवनेश्वरी माद्यमिक विद्यालय हर्तोलाबाट थालनी गरेको हो ।
पालिकाले एक दक्ष समूह गठन गरेर विद्यालयको सुपरिवेक्षण गर्ने साथै शिक्षकको समस्या तथा शिक्षकको क्षमता विकासमा सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख देवराज पन्तले बताए ।
कार्यक्रमको प्रमुख अतिथी रहेका पालिका उपाध्यक्ष मैना कुमारी रावलले सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएको उदाहरण देखिएकोले शिक्षामा गुणस्तर ल्याउन दक्ष समूह गठन गर्नु परेको बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको सुनाउदै शिक्षकहरुले लगनशिल,मेहनत इमान्दार साथै कर्तब्यनिष्ठ भएर काम गर्न आग्रह गरिन् । शिक्षकको पेसा नै विद्यार्थीलाई शिक्षा दिने भएकोले आफ्नो पेसालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन समेत दिए । उनले कुनै पनि शिक्षक आफ्नो पेशा भन्दा बाहिर नजान समेत आग्रह गरे ।
स्थानिय सरकार सन्चालन ऐनमा भएको शिक्षा सम्बन्धी सम्पुर्ण अधिकार प्रयोग गरेर भएता पनि पालिकाको शिक्षामा गुरस्तर वृद्धि गर्ने उद्देश्य पालिकाको भएकोले सबै शिक्षकले सहयोग गर्नु पर्ने बताए ।

Dadeldhura Hospital

पालिकाको शिक्षा शाखा प्रमुख पन्तको सयोजकत्वमा गठन गरिएको विज्ञ समूहमा अंग्रेज़ी विषय विषशज्ञ इन्द्र साउद रहेका छन भने विज्ञान विषय विज्ञ विरू उदय जंग सिंह बिष्ट तेस्तै गणित विषय विज्ञमा देवेन्द्र भट्ट सामाजिक विषय विज्ञमा मान सिंह  साउद रहेका छन भने स्थानिय विषय विज्ञ मान बहादुर रावत,नेपाली विषय विज्ञ हेमराज अवस्थी रहेका छन् । उक्त समुहले विभिन्न विद्यालयमा अनुगमन गर्नुका  साथै विद्यालयमा देेेेेेखिएको समस्याको पहिचान गरि समाधानमा सहयोग गर्ने छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नयाँ  अभ्यास थालनी गरिएको हर्तोला विद्यालयमा करिव बर्ष दिन देखि वि एस सि शिक्षक नपाएको गुनासो गर्दै प्रधानाद्यापक बासुदेव बोगटीले शिक्षकको अभावले विद्यार्थीको शिक्षा गुणस्तरमा असर पुगेको बताए । कक्षा १ देखि १० सम्म पठन पाठन हुने हर्तोलाको विद्यालयमा करिव १ सय ४३ जना विद्यार्थी अध्ययनरत छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.