
बझाङ – बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका एक जवानको मृत्यु भएको छ ।



सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा सशस्त्रका जवान नरेन्द्र धामी डुबेका थिए ।
बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियो । अवस्था गम्भीर रहेको धामीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
