जोगबुढा : ग्लोवल आई.एम.ई बैङ्क जोगबुडा शाखाले एक जना छात्रा बिद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच श्री शिवसंकर माध्यमिक बिद्यालय सादनीमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी एन्जिला बिष्टलाई उक्त छात्रवृति प्रदान गरीएको हो ।
बैङ्कले शाखा सेवा क्षेत्रभित्रका कक्षा ०७ देखी १२ कक्षा सम्म सरकारी बिद्यालयमा ध्ययनरत जेहेन्दार र बिपन्न एक जना छात्रा बिद्यार्थीलाई प्रत्येक वर्ष १२ हजार नगद रकम बरावरको छात्रवृति प्रदान गर्ने गरेको छ । सोही अनुरुप कक्षा ७ उतीर्ण गरी ८ कक्षामा अध्ययनरत बिष्टलाई पहिलो किस्ता रकम रु बाह्र हजार प्रदान गरीएको ग्लोवल आईएमई बैङ्क जोगबुडा शाखाका ईन्चार्ज राजेश पन्तले जानकारी दिनुभयो ।
छात्रवृतिका लागि छनोट भएका छात्रा बिद्यार्थीले क्रमश निरन्तर कक्षा पास गरे मात्रै प्रत्यक वर्ष छात्रवृति रकम भुक्तानी गरिने छ । आगामी वर्ष पनि अन्य सरकारी बिद्यालयमा अध्ययनरत जेहेन्दार र बिपन्न छात्रा बिद्यार्थीलाई छात्रवृतिका लागि छनोट गरीने र छनोट भएका छात्रा बिद्यार्थीले कक्षा निरन्तर पास गरी उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई बैङ्कमा सहायक प्रशिक्षार्थीका रुपमा रोजगारीको अवसर प्रदान गरीने समेत ईन्चार्ज पन्तले जानकारी दिनुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत छात्रवृति प्रदान गरीएको ग्लोबल आईएमई बैङ्क जोगबुडा शाखाले जनाएको छ ।