परशुराममा मेलमिलापकर्तालाई ८ दिने आधारभूत तालिम प्रदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : परशुराम नगरपालिकाले सामुदायिक मेलमिलाप सम्वन्धि आठ दिने आधारभुत तालिम प्रदान गरेको छ। समाजमा हुने झैझगडा तथा अन्य विवादहरुलाई समुदाय स्तरमै समाधान गर्ने उदेश्यले जेठ २७ देखि अषाढ २ गते सम्म आधारभुत तालिम प्रदान गरेको हो।

तालिमले सामुदायिक स्तरमा मेलमिलापलाई थप प्रभावकारी बनाउन र मेलमिलापकर्तालाई मेलमिलाप सम्वन्धि आधारभुत ज्ञान होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको नगरपालिकाका न्यायिक समिति संयोजक एबम् नगरउपप्रमुख बिमला बोहरा महताले बताउनुभयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

मेलमिलाप परिषदको पाठ्यक्रममा आधारित उक्त तालिममा न्यायिक समितीका संयोजक,पदाधिकारी, १२ ओटै वडाका मेलमिलाप समिति संयोजक र सदस्य गरी ३५ जनाको सहभागिता रहेको थियो। नगरपालिकाले तालिममा सहभागी सम्पुर्णलाई मेलमिलाप कर्ता उल्लेखित झोला समेत बितरण गरेको छ।

तालिम पश्चात् मेलमिलापकर्ताहरुका लागि महत्वपुर्ण स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ दफा ४७(१)र(२)अन्तरगतका विवाद मेलमिलापका माध्ययमबाट समाधान गर्ने लगायतका कानुनी ब्यवस्था बारे मेलमिलाप कर्ता जानकार भएका नगरपालिकाका कानुनी अधिकृत गोबिन्द राज जोशीले बताउनुभयो। उक्त तालिम अधिवक्ता दिपक राज भट्ट र लोक बहादुर थापाले प्रदान गर्नुभएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.