
डडेल्धुरा:डडेल्धुराको आलितालमा आगलागी हुदा २ घर जलेर नष्ट भएको छ । जिल्लाको आलिताल गाउँ पालिका-३ लुवालेक बस्ने अम्मर ब.बुढाको घरमा आज दिउसो चुलोबाट सल्केको आगोले बुढा मगरको २ वटै घर जलेर नष्ट भएको हो ।



घरमा कोहि नभएको बेला सल्केको आगोले २ साना खरले छाएको काठ्को एक तले घर जलेर पुर्ण रुपमा क्षेतिग्रस्त भएको वडा न. ३ का अध्यक्ष बल बहादुर बुढामगरले जानकारी दिए । आगलागीबाट घर भित्र रहेको अन्नबालि ,लुगा कपडा, भाडाबर्तन ,आवश्यक कागज र नगद ५० हजार जलेर नष्ट भएको समेत अध्यक्ष बुढामगरले जानकारी दिए ।
घरमा आगलागी भएको सुचना पाउना साथ आफू तेहा पुग्दा सबै जलेर खरानी मात्र रहेको बताए । विकट क्षेत्रमानिने उक्त ठाँउमा जान पालिका सदरमुकाम देखि करिव ६/७ घण्टा लाग्दछ । आगलागी भएको स्थलमा प्रहरी भने पुग्न सकेको छैन ,अध्यक्ष बुढाले भोलि बिहान मात्र घटना स्थलको मुचुल्का तयार हुने र क्षतीको विवरण पनि थाहा हुने बताए ।
