साइपालमा स्थानीय सरकार संचालन तथा व्यवस्थापकिय तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह बझाङ।
साइपाल गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम आज सम्पन्न भएको छ।

साइपाल गाँउपालिकाको आयोजना, जनचेतना संन्चार मिडिया हाउसको सहजिकरण शुक्रबार उक्त तालिम सम्पन्न भएको हो ।
तालिममा स्थानीय सरकार सञ्चालनका विभिन्न औजारहरु, प्रभावकारी कार्य सम्पादन, देश भरका स्थानीय तहहरुले गरेका असल अभ्यास, ऐन, नीति तथा नियम लगायतका बिषयमा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारीले प्रशिक्षण दिनुभएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

३ घण्टा सम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै साइपाल गाँउपालिकाका अध्यक्ष मानबिर बोहराले तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरु बिचमा देखिएका केही अन्यौलता हटाउन मदत गरेको बताउदै यो आर्थिक बर्षको बजेट बिनियोजन गरी फेरी पनि यस तालिमलाई सञ्चालन गरिने जानकारी गराए ।
कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष डोल्मा तामाङले तालिम निकै उपयोगी भएको बताउदै हामीलाई थाहा नभएका कतिपय नितिगत कुराहरुको जानकारी भएको बताईन् । उनले जनप्रतिनिधि र कर्मचारी सबैले आफुमा भएको कमजोरी हटाएर असल कार्य गरी पालिकालाई अब्बल बनाउन अनुरोध गरिन् ।

यसैगरी कार्यक्रममा बोल्दै साइपाल गाउँपालिका लेखा अधिकृत पवन भट्टराईले आफूलाई केही कुराहरु थाहा भएपनि सबै जनप्रतिनिधि र कर्मचारीले यो तालिम नलिएको हुदाँ आज फेरी पालिकाका कर्मचारीहरु र जनप्रतिनिधिहरुको साथमा लिन पाउँदा निकै खुशी लागेको बताए । भट्टराईले उक्त तालिमबाट निकै उपयोगी कुराहरुको ज्ञान भएको भन्दै सिकेको कुरालाई कार्य शैलीमा देखाउन सबैमा अनुरोध गरे ।
साइपाल गाउँपालिका कर्मचारी जनक द्वालले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा तालिमको उद्धेश्यमाथि साइपाल गाउँपालिकाका वडा नं १ का अध्यक्ष नरेन्द्र धामिले गरेका थिए भने तालिममा जनप्रतिनिधि र कर्मचारी गरी ५० जनाकोे सहभागिता रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.