धनगढीमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने आधा दर्जन तेस्रो लिङ्गी पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा धनगढीमा ६ जना तेस्रो लिङ्गी पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेको हो। सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
शुक्रबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी दिने काम गरेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।
पर्साको बिरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी उप–महानगरपालिका–६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरालाई प्रहरी नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.