आलितालमा अभिभावक शिक्षा तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: आलितालमा अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ ।
सामुदायिक सिकाइ केन्द्र आलितालको आयोजनामा वडा न. ५ को बालकल्याण आधारभुत विध्यालयमा र लाली गुराँस सामुदायिक सिकाइकेन्द्रको आयोजनामा वडा न. २ को उणीकोट माध्यमिक बिध्यालयमा अभिभावकलाई तालिम दिइएको हो ।

Dadeldhura Hospital


केहि बर्ष पहिले प्रौढ शिक्षा संचालन गर्दै आएको सिकाइकेन्द्रले अहिले विद्यालयसंग समन्वय गरि अभिभावकलाई शिक्षा दिइरहेको छ ।
बिद्यार्थीको सिकाइमा अभिभावकको महत्वपूर्ण भुमिका रहने भएकोले अभिभावकलाई तालिम दिनुपरेको शिक्षा शाखाका प्रमुख देबराज पन्तले बताए ।
आफ्नो बच्चाको बिषयमा अभिभावक चनाखो हुनु पर्ने बताउदै अभिभावक र बिद्यार्थी र शिक्षकको सम्बन्ध कायम राख्न समेत सहयोग पुग्ने प्रमुख पन्तले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


पहिलो बिद्यालय नै घर भएकोले बिद्यार्थीको सिकाइमा अभिभावकको महत्वपुर्ण भुमिका हुने भएकोले
अभिभावकलाई शिक्षामा चेतना जगाउन तालिमको आयोजना गरिएको आलिताल सामुदायिक सिकाइकेन्द्र का अध्यक्ष ज्ञानेन्द्र जोशीले बताए ।
विद्यार्थिको सिकाइमा अभिभावक पन्छिन खोज्ने प्रविती
लाई हटाउन र आफ्नो बच्चाको बिषयमा अभिभावक चनाखो हुनु पर्नेमा उनले जोड दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.