अछाममा वेवारिसे शव फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

अछामः अछाममा वेवारिसे शव फेला परेको छ।

जिल्लाको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा वेवारिसे शव फेला परेको हो।
वेवारिसे शवको नाम थर, लिङ्ग पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी दिएका छन्। शव फेला परेको स्थानभन्दा माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.