धनगढीः कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालीका–३ चौकी डाँडाका ९ वर्षीय भरत चदरा नदीमा नुहाउनेक्रममा डुबेर बेहोस भएका थिए।
उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।