त्रिशूलीमा खसेको बस खोज्न भारतबाट ल्याइयो ४० किलोको चुम्बक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 

त्रिशूलीमा खसेको बस खोज्न भारतबाट ४० किलोको चुम्बक ल्याइएको छ । १५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो। भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो।

प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक)मगाएको छ।
‘भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ। आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’

Dadeldhura Hospital

उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए।

‘आज दिनभरको प्रयासपछिमात्रै भोलीदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ यादवले भने, ‘भारतबाट आएको टोलीलेसकेको प्रयास गरिरहेको छ। उहाँहरु आएको पनि एक हप्ता भइसक्यो। अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’

सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले मोटरबोटमार्फत सोनार क्यामेरा डुबाएर खोजी गर्दा केही ठाउँमा संभावित आकृति जस्तो देखिएको बताए। सोही आधारमा संभावित ठाउँमा चुम्बक डुबाएर खोजी गर्न लागिएको उनले बताए।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.