सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु

sc mahendra

सल्यान : सल्यानमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका ३ सोतागारका अन्दाजी ७० वर्षीय मोहलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार साँझ खेतबारीमा सिंचाईका लागि खोलाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको उनको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.