सुदूरपश्चिममा मन्त्रीको टुंगो लाग्यो, एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।दलको निर्णयअनुसार प्रदेशसभा सदस्य मेघराज खड्का सामाजिक विकास मन्त्री र प्रदेशसभा सदस्य बहादुरसिंह थापा आर्थिक मामिला मन्त्रीको शपथ लिने भएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यस्तै प्रदेशसभा सदस्य सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्‌मा पठाउने निर्णय दलले गरेको छ ।

सोमबार साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् । सत्ता साझेदार नेकपा एमालेले भने यसअघि दीर्घ सोडारी मन्त्रिपरिषद्मा रहेकाहरूलाई नै मन्त्रीमा दोहोर्‍याउने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.