

डडेल्धुरा जिल्लाको आलितालमा करेन्ट लागेर एक बालिका घाइते भएकी छिन् ।
जिल्लाको आलिताल गाउंपालिका वडा न. ८ शान्तिपुर(सिस्ने) बस्ने मन्धरी महराकी १६ बर्षिया छोरी सीता कुमारी महरा करेन्ट लागेर घाइते भएकी हुन ।
परिवार स्रोतका अनुसार आज सांझ करिब ४ बजे तिर घर नजिकै बाख्रा चराउदा जांदा बिजुलिको पोलबाट छुट्टीएर रहेको तारबाट करेन्ट लागेको थियो । महरालाई तत्कालै परशुराम नगरपालिकाको जोगबुडा अस्पताल लगीएको थियो । तेहां सामान्य उपचार पश्चात महरालाई थप उपचारको लागी धनगढी रिफर गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गगन सिंह भांटले जानकारी दिए । प्रहरी भांटका अनुसार बालिकाको अवस्था खतरामुक्त रहेको समेत बताए । बालिका नजिकै रहेको श्री दुर्गा माध्यमिक विद्यालय डोलामा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।
