सांस्कृति संरक्षणका लागि आलिताल गाउँपालिकाले देउडा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । गौरा तथा हरितालिका तिजको अवसरमा आलिताल गाँउपालिकको आयोजनामा यही भदौ १५ गते देउडा सांस्कृतिक कार्यक्रम हुने भएकोे हो ।
सुदूर पश्चिमको मौलिकता झल्काउने गौरा पर्वमा गाइने फाक,दुस्का धुमारी साथै देउडा खेल पछिल्लो समय लोप हुदै जान लागेकोले तेस्को पहिचान र संस्कृति संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको पालिकाका उपाध्यक्ष मैना कुमारी रावल (बोहरा)ले बताइन । स्थानिय कलाको पहिचानका साथै संस्कृतिको संरक्षण गर्न स्थानिय कलाकारहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको बोहराले बताइन , उनले भनिन कुनै पनि रास्ट्रिय स्थरका नाम चलेका कलाकार कोहि बोलाएका छैनौ,यहिकै स्थानिय कलालारकै बिशेश प्रस्तुती नै रहने छ । कार्यक्रममा लोप हुन लागेका गौरा पर्वमा गाइने फाक,दुस्का दुमारी , साथै विभिन्न समुहका देउडा कार्यक्रम र खुल्ला देउडा कार्यक्रम हुने पालिकाले बताएको छ । पालिकाले एक सुचना जारी गर्दै देउडा प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइ दिन समेत आग्रह गरेको छ ।