चाड नजिकिदै गर्दा सुदूरपश्चिमका सीमा नाका भएर स्वदेश फर्कनेको संख्या बढ्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिममा सीमा नाका भएर स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो। कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पछिल्लो एक साताता ठुलो संख्यामा स्वदेश फर्कनेहरुको संख्या बढ्न थालेको छ। हिजो (सोमबार) मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट २ सय ४६, जुलाघाट नाका बैतडीबाट २६ र सबैभन्दा बढी गौरीफन्टा नाका कैलालीबाट ३ सय २६, पुलघाट नाका दार्चुलाबाट ३३ र खकरुला हेल्थ डेस्क ६३ गरेर ६ सय ९४ जना स्वदेश फर्किएका छन्।
सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ। आइतबार ५५ सय ३३ जना स्वदेश फर्किएका थिए। हिन्दुहरुको महान चाड वडा दशै नजिकिदै गर्दा भारतबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

प्रदेशका विभिन्न सीमा नाका हुँदै दैनिक ६ सयको हाराहारीमा नेपालीहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिमबाट कामको खोजीमा परिवारसहित भारत पसेकाहरु पनि यतिबेला स्वदेश फर्कन थालेका छन्। सीमा क्षेत्रमा पुरुषसँगै महिला र बालबालिका समेत घर फर्कने क्रम डेढसातायता बढेको छ। चाड पर्व नजिकिएसँगै यतिबेला भारत पस्नेभन्दा फर्कनेको संख्या उच्च देखिएको छ। सीमा नाकामा पछिल्लो समय बाहिरिने र भित्र्नेको लगत संकलन गर्ने काम हुँदै आएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.