डडेल्धुराको आलितालमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन

sc mahendra

डडेल्धुरा: डडेल्धुराको आलितालमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ। आलिताल गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल(बोहरा)को संयोजकत्वमा गठित टोलीले आलिताल वडा न. ८ को बजारहरुको अनुगमन गरिएको हो।

आलिताल गाउँपालिका वडा नं.८ को गोदाम बजार क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा म्याद नाघेका खाद्य पदार्थ बरामद गरी नष्ट गरिएको उपाध्यक्ष रावलले बताइन्।
दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको समेत बताइन् ।

 

‘चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु विक्री वितरण समेत हुने गरेकाले बजार अनुगमन गरेका हौं,’ उनले भने। अनुगमनमा व्यवसाय दर्ता तथा दर्ता भएका व्यवसायलाई समयमै नविकण गर्न समेत आग्रह गरिएको उनले बताइन् ।
वडा न. ८ का अध्यक्ष धन बहादुर देउवाले दर्ता नगरी व्यवसाय गरिरहेका तथा नविकरण नगरेका व्यवसायीहरुलाई एक महिनाको म्याद दिइएको बताए । उनले भने एक महिनाको समयमा दर्ता तथा नविकरण नगरे कानुन अनुसार दण्ड तथा जरीवाना गर्ने समेत बताए । अनुगमनका क्रममा बजारबाट म्याद नाघेका भुजा, मसला, बिस्कुट लगायतका खाद्य पदार्थ बरामद गरिएको देउबाले बताए।


अनुगमनमा आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल, वडा न. ८ का वडा अध्यक्ष धन बहादुर देउबा,पालिकाको सूचना अधिकृत नवराज ओझा,स्वास्थ्यचौकी प्रमुख चेतराज जोशी,पशु तथा भेटनरी शाखा प्रमुख डम्बरराज जोशी,कृषि शाखा प्रमुख लक्ष्मण कामी,आलिताल प्रहरी चौकी प्रमुख धन सिंह धामी,वडा न. ८ का वडा सचिव जयलाल संह शाहु,गोदाम बजार व्यवस्थापन समितिका अध्यक्ष पदम खडायत लगायतको सहभागितामा बजार अनुगमन गरिएको थियो।
नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने स्थानीयहरूको भनाइ छ। नियमित रूपमा हुनुपर्ने बजार अनुगमन वर्षको एकचोटि मात्र हुने गरेको उपभोक्ताको आरोप छ।

You might also like
Leave A Reply

Your email address will not be published.