क्यान्सर पीडित जसु थापामगरलाई एक लाख बढी नगद सहयोग गरिएको छ ।
डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नं २ कमलपुरकी क्यान्सर पिडित जसु थापामगरको उपचारका लागि विभिन्न ब्यक्तीहरुको सहयोगमा जम्मा भएको नगद एक लाख बढी रकम सहयोग गरिएको हो ।
थापामगरलाई पाठेघरको क्यान्सर भएको छ । मगरको विभिन्न अस्पतालमा उपचार पछि अहिले बि.पि. कोइराला क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भए पछि थप उपचारका लागि सहयोग अह्वान गरिएको थियो । उनैसरी आधारभुत विद्यालयका प्रधानाद्यापक बिष्णु थापामगरको अगुवाइमा सन्चालन भएको सहयोग अभियानमा संकलन भएको एक लाख छ हजार आठ सय त्रियानब्बे रुपैया हस्तान्तरण गरिएको प्रधानाद्यापक थापामगरले बताए ।
सहयोग गर्न :
खातावालाको नाम:बिष्णु बहादुर थापामगर
Global IME bank limited 190701000