सुदूरपश्चिमको यि दुई सीमा नाकाबाट घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लागेको छ।

Dadeldhura Hospital

सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लाग्न थालेको छ। हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै यहाँका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको संख्या उल्लेख्य रुपमा बढेको हो। घर फर्किनेको चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो। दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन्।

हिजो दिनभरि गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको उनले बताए। आज पनि गौरीफण्टामा जाँच गरिनेछ। भीडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो। गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन्। यता त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँच गर्दै आएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.