पासोमा परेको चितुवाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको हो।

पासोमा परेको वयस्क भालेलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो। उद्धार गरी थप उपचार र पुनःस्थापना गर्न डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सव–डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले बताए। चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा फेला परेको उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.