पक्राउ पुर्जी जारी गरेपछि रविले लेखे यस्तो स्टाटस!

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै केही प्रश्न गरेका छन् ।
‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी रु’

Dadeldhura Hospital

उनले प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यस्तो छ रविको स्टाटस:

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?
तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने र?
तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।
तिमीहरू राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बलि चड्नुपर्ने र?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने र?
यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिंड्न परेन। तर म कहिले भागेर हिंडिनँ र हिंड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बलि चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।
ठिक छ, म तपाईहरूको दिनगन्ती सुरु भएको खुशीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरुले गर्‍यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।
अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.