डडेल्धुरा: डडेल्धुराको परशुराममा एक सरकारी मोटरसाइकलमा आगजनी भएको छ ।
जिल्लाको परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालयको गाडीमा आगजनी भएको हो । हिजो शुक्रबार वन कार्यालय जोगबुडाकमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले चलाएर लगेको सु.प.प्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउंमा पार्कीङ गरेको अवस्थामा आगजनी भएको डडेल्धुरा प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।

कर्मचारीले परिगाउंमा रहेको धन बहादुर चन्दको घरमा राखेर वडा न. ३ को सिमल्टामा फिल्ड भिजिट गएको अवस्थामा मौका छोपी गाडीमा आगजनी गरेको जोगबुडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक सुरज रोकायाले जानकारी दिनुभयो । मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले धन बहादुर चन्दलाई प्रकाउ गरेको समेत जानकारी दिएका छन् । पक्राउ पर्ने चन्द पूर्व सशस्त्र प्रहरी भएको समेत खुलेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
