parwat hotel
Citizan

बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु

bhageswar small
alital janahit

बैतडी : बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ वर्षीया वसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

glam &
Citizan

दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो। उनलाई धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजेतिर मृत्यु भएको हो।

lali

जोशीको मृत्यु भएपछि उनको शव पोष्टमार्टमका लागि एम्बुलेन्सबाटै जिल्ला अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक ढुंगानाले बताए। शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएका मध्ये दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। उनी गर्भवती समेत रहेको खुलेको छ। श्रीकोट स्वास्थ्यचौकी गर्भजाँचका लागि जाने क्रममा अटो दुर्घटनामा परेर उनी घाइते भएकी हुन्।

यस्तै दुर्घटनामा परेर घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० वर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताए।

यस्तै दुर्घटनामा घाइते भएका अटो धनी दोगडाकेदार गाउँपालिका–२ का २५ वर्षीय राजेन्द्र भाटको अवस्था पनि सामान्य रहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ वर्षीय उमेश साउँद र अटो धनी भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू दुवैजनालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.