

धनगढी : कैलालीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट डोटीको दीपायल सिलगढी नगरपालिका(६ घर भएका १८ वर्षीय किशोर पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी-१ त्रिवेणीचोक कोठा गरी बस्ने उनलाई ६०१ मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।
