आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिष्पर्धा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिष्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा किर्तिपुर काठमाडौंमा हुने यो खेल बिहान सवा ९ बजे शुरू हुनेछ ।

आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ। सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ । त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनु पर्नेछ। काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुने छ ।

सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ। हालसम्म सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ र शीर्ष दुईमा रहने सम्भावना पनि बलियो छ। ७ खेल खेलिसकेको जनकपुर पनि १० अंक नै जोडेर दोस्रोमा छ।

नेटरनरेटमा जनकपुर सुदूरभन्दा पछि छ। ७ खेलबाट ८ अंक जोडेको चितवन राइनोज ८ अंक हुनेमध्ये राम्रो नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.