धनगढीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

sc mahendra

१२ पुस, धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्र सिंह बोहराले जानकारी दिए । गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताए ।

मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छिन् । मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ

You might also like
Leave A Reply

Your email address will not be published.