सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा कांग्रेस–एमालेबीच भागबन्डामा सहमति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको भागबन्डामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको छ ।

Dadeldhura Hospital

कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच प्रदेश सभाका विषयगत समितिको नेतृत्व भागबण्डा गरेर लिने सहमति जुटेको हो ।
दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा/एउटा समितिको सभापति लिनेछन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति दिने गरी भागबण्डा मिलेको छ ।
दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ । यो समितिलाई विभाजन गरेर विशेष समिति बनाइने स्रोतको भनाइ छ ।

प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा भने सभापति रहेका छन् । नेपाली कांग्रेसका दिवानसिंह विष्ट यो समितिको सभापति छन् भने अन्य समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् । अब दुई दलले गरेको सहमतिअनुसार विषयगत समिति विभाजन गरेर पाँच पुर्याइने छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.