
डडेल्धुरा : डडेल्धुरा परशुरामको एक विद्यालयले हरेक शुक्रबार बुक फ्री फ्राइ डे मनाउने गरेको छ ।

आज भएको बुक फ्रि फ्राइ डे कार्यक्रम अन्तर्गत बिद्यार्थीलाई शैशिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको हाे ।

परशुरामको वडा न. ३ सिमल्टामा रहेको जनज्योति प्राथमिक विद्यालयले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । सोही वडामा रहेको सिमल्टा युवा बचत कोष तथा पूर्व विद्यार्थी समुको सहयोगमा बिद्यालयका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि तथा २८ जना लाई न्यानो लुगा बितरण गरेको प्रध्यनाध्यापक हिक्मत बहादुर धामीले जानकारी दिए ।



