बैतडीमा निस्सासिएर एक युवकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा निस्सासिएर एक युवकको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकका आफन्त कैलालीबाट आउन लागेकाले त्यसपछि मात्रै पोष्टमार्टम कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताए। कोइला बालेर सुतेका कारण थारुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.