डडेल्धुराबाट लागु औषधसहित दुई युवक पक्राउ

sc mahendra

डडेल्धुरा: डडेल्धुराको बागबजारबाट लागुऔषधसहित दुईजना युवक पक्राउ परेका छन्।

शुकबार अमरगढी नगरपालिका–५ बागबजारस्थित बसपार्कबाट जिल्लाको नवदुर्गा गाउँपालिका–२ का २६ वर्षीय खेमराज भट्ट र डोटीको शिखर नगरपालिका–८ गोबघाटका २६ वर्षीय साजन बलायरलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भट्टको साथबाट ०.२० मिलीग्राम खैरो हेरोइन र बलायरको साथबाट प्रिगासप्ट नामक २५ ट्याब्लेट लागुऔषधी फेला परेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उप्रेन्द्रबहादुर बमले जानकारी दिए। साथै उनीहरू चढेको सुपप्र ०१–००९ प ९६५२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.