डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ शिल्ड पौष २३ गतेबाट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा यहि पौष २३ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु  हुने भएको छ। आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माद्यमिक विद्यालयको व्यवस्थापनमा मंगलबार देखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु हुने भएको हो।

पालिकाले एक सुचना जारी गर्दै गाउँ पालिकाको खेलमैदान  घुम्तीमा हुने जनाएको छ ।  उक्त कार्यक्रमलाई राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीले उद्घाटन गर्ने पालिकाले जनाएको छ । प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने छैन। प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ। प्रतियोगिता २३ गते बाट सुरु भइ पौष २५ गते समापन गरिनेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.