दुर्गा माविले जित्यो चौथो पटक पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालयले लगातार चौथो पटक पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै दुर्गा माविले शिल्डमाथि कब्जा जमाएको हो।

यसअघिका तीन संस्करणमा पनि दुर्गा मावि प्रथम भएको थियो। दुर्गा माविले १९ स्वर्ण, १० रजत र ९ कास्य गरी कूल ३८ पदक प्राप्त गरेको छ। गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले दुर्गा माविलाई शिल्ड हस्तान्तरण गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

 

Dadeldhura Hospital

विजेता टिमहरूलाई बधाई दिँदै अध्यक्ष पार्कीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले प्रतियोगिताभर विद्यार्थीहरूले सभ्य र अनुशासित ढंगले सहभागिता जनाएको भन्दै उनीहरूको प्रशंसा गरे।

आलिताल–४ घरेलुमा रहेको कृष्णकालिका मावि द्वितीय भएको छ। उसले ९ स्वर्ण, ९ रजत र १२ कास्य गरी कूल ३० पदक जित्यो। प्रतियोगितामा तृतीय भएको महादेव मावि खिन्नेभाडीले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पारेको खेल सञ्चालन समितिका सदस्य सचिव मानबहादुर रावतले जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो। आलिताल खेल मैदानमा भएको प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँतेलगायतमा गरी चार सय बढी खेलाडीले सहभागिता जनाएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.