डडेल्धुरामा प्रज्वलित पदार्थ बोकेको जिप दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा प्रज्वलित पदार्थ बोकेको जिप दुर्घटनामा परेको छ ।  जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेस्थित भीमदत्त राजमार्गमा प्रज्वलित पदार्थ बोकेको जिप दुर्घटना भएको हो।

Dadeldhura Hospital

आज बिहान करिब २:१५ बजेको समयमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १६७२ नम्बरको जिप करिब ६०-७० मिटर तल खसेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटना पछि चालक बझाङ सुर्मा गाउँपालिका–२ का २१ वर्षीय रविन्द्र बोहराको बाँया नाडीमा सामान्य चोट लागेको छ भने जिपमा सवार अन्य ३ जना सकुशल रहेका छन्।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारखोलीका प्रहरी निरीक्षक धनिराम पार्कीको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा खटिएको थियो। जिपमा २ ड्रम डिजेल र २ ड्रम पेट्रोल लोड गरिएकोमा २ ड्रम डिजेल नभेटिएको डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।  दुर्घटनाको कारण खुल्न नसकेको जनाइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.