जैविक विविधता रणनीति पुनरावलोकन कार्यक्रम डडेल्धुरामा सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को आयोजनामा जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा डडेल्धुरा जिल्लाका विभिन्न कार्यालय प्रमुखहरू, पत्रकार, सामुदायिक वनका प्रतिनिधिहरूको सहभागीता रहेको थियो। सहभागीहरूलाई समूह विभाजन गरी विभिन्न विषयमा गहन छलफल गराइएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा जैविक विविधताले कृषि, वन, संरिक्षण क्षेत्र ,जलचर र घासे मैदान क्षेत्रको संरक्षणमा आदिवासी जनजाती र स्थानिय जनसमुदायमा पुर्याएको योगदानको विषयमा छलफल गर्दै सहभागीहरूले जैविक विविधतालाई असर पुर्याउने विभिन्न कारकहरूको पहिचान गर्दै त्यसलाई न्यूनिकरण गर्न उपायहरू सुझाव दिएका थिए।

भौतिक पूर्वाधार निर्माणले जैविक विविधतामा पुर्याएको असर र त्यसबाट हुने हानी-नोक्सानीबारे समूहमा छलफल गरी विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो। जैविक विविधतालाई दीर्घकालीन संरक्षणका लागि स्थानीय स्तरमा अपनाउन सकिने व्यावहारिक कदमहरूबारे समेत विचार व्यक्त गरिएको थियो।

जैविक विविधता कार्यक्रमलाई स्थानिय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सहभागीहरूले विभिन्न योजनाहरूको सिफारिस गरेका थिए। साथै, जैविक विविधता मैत्री विकासका लागि लगानी वृद्धि र सामुदायिक सहभागिता आवश्यक रहेकोमा जोड दिइयो।

 जैविक विविधता संरक्षण र विकासलाई सन्तुलित रूपमा अघि बढाउन सामूहिक प्रयास र सहकार्यको खाँचो रहेको बिषयमा समेत छलफल गरिएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.