डडेल्धुरामा पिकअप जिपले मनोमानी भाडा असुलीको आरोप

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरामा पाँच सिट पास पिकअप जिपमा मनोमानी भाडा असुल भइरहेको गुनासो यात्रुहरूले गरेका छन्। ग्रामिण कच्ची सडक तथा जिल्ला सदरमुकामसम्म आउने पिकअप जिपले मनलाग्दी भाडा असुल गरिरहेको स्थानीयको गुनासो छ ।

जिल्लाका सबै रुटमा भाडादर निर्धारण भएपनि अहिले तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रु बताउँछन्। सरकारले सिट क्षमताको आधारमा मात्रै यात्रुबोक्न निर्देशन दिएपछि यातायात व्यवसायी र सवारी चालकले भने यात्रुहरुबाट मनलाग्दी भाडा असुल गरिरहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गन्यापधुरा गाउँपालिका–२ को रडुवादेखि डडेल्धुरा जिल्ला सदरमुकामसम्मको भाडादर ८० रुपैयाँ तोकिएको भएपनि यातायात व्यवसायी र सवारी चालकले भने अहिले यात्रुबाट २०० देखि ५०० सम्म लिने गरेका छन्। ग्रामिण भेगका बेलापुर–डडेल्धुरा, देवलदिव्यपुर–डडेल्धुरा, रुपाल–डडेल्धुरालगायतका रुटमा सञ्चालनमा आउने जीपले भाडा बढाएको भन्दै चर्को रकम असुल गरिरहेको गुनासो बढेको छ।

Dadeldhura Hospital

यात्रुहरूको गुनासो बढेपछि डडेल्धुरामा रहेको उग्रतारा डडेल्धुरा यातायात व्यवसायि समितिका अध्यक्ष मानबहादुर साँउदले भाडादर सहीरुपमा कार्यान्वयन गर्न समितिले निर्देशन गरेको बताए। उनले भने ‘कुन व्यवसायी र चालकले तोकिएको भन्दा बढी भाडा लिएको हो जानकारी पाए त्यसलाई नियन्त्रण गर्न सहज हुन्छ। हामी संस्थाको तर्फबाट तोकिएको भाडादर कार्यान्वयनका लागी प्रतिवद्धछौँ।’

सवारीसाधनले उनीहरुले भनेको भाडा नदिए नलैजाने गरेका कारण जति भन्यो उति भाडा तिर्न बाध्य हुनु परेको यहाँका यात्रुको गुनासो छ।

ग्रामिण क्षेत्रका जनता सार्वजनिक यातायातको भाडा असुलीको चेपुवामा परेका एकिकृत समाजवादीका केन्द्रिय सदस्य नरबहादुर बिष्टले भने, ‘अब गाडी पाइँदैन, उनीहरुले भनेको भाडा तिरेन भने विकल्प केही हुँदैन, यसबारे सम्बन्धित निकायले कडाइका साथ अनुगमन गर्नु आवश्यक छ। जनतालाई दुःख दिने काम कसैबाट पनि हुनु हुदैन्, उनले भने ‘राज्यका निकायको उपस्थिती बलियो हुनुपर्छ।’

मनोमानी ढङ्गबाट भाडा असुली भइरहँदा पनि सम्बन्धित निकाय भने मौन छन्। यातायात व्यवस्थापनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र भित्र पर्दछ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गुनासो आएपछि प्रहरीलाई खबर गरेको र यसबारे चाँडै अनुगमन गर्ने बताए।

जिल्लामा यातायात क्षेत्रमा चर्को भाडा असुलीको विषयमा जानकारी पाउनासाथ ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयलाई यसबारे जानकारी दिएको उनले बताए। सार्वजनिक यातायातका साधनमा चर्कोभाडा तिर्नुपर्ने बाध्यतामा रहेका आम सर्वसाधारण भने मारमा परेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.