डडेल्धुराको आलितालमा १०औं राष्ट्रिय योग दिवस मनाइयो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा १० औं राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ।
स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ आयोजित कार्यक्रममा आयुर्वेद शाखाको आयोजना र आलिताल गाउँपालिकाको सहयोग रहेको थियो।

Dadeldhura Hospital

कार्यक्रममा आलिताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष धन बहादुर देउबाको विशेष उपस्थिति रहेको थियो। योग गुरुहरू पदम डालामगर र कृष्ण दत्त जोशीले कार्यक्रमलाई सञ्चालन गर्दै विभिन्न योग आसनहरू प्रदर्शन गराएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा योग अभ्याससँगै योगको स्वास्थ्य र मानसिक लाभका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले योगले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

यो कार्यक्रमले स्वस्थ समाज निर्माणमा योगको महत्वलाई उजागर गर्ने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.