मोबाइल व्यवसायी संघ कञ्चनपुरद्वारा मकर संक्रान्तिको अवसरमा महेन्द्रनगरको खुल्ला मञ्चमा सरसफाई

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर : सरसफाई र वातावरणीय संरक्षणका लागि सबैको प्रयास र सहकार्य आवश्यक पर्ने भएकोले कञ्चनपुरमा विभिन्न संघ–संस्थाहरूले आफ्नो तहबाट महत्वपूर्ण योगदान गर्दै आएका छन्। तर, अझै पनि स्थानीय निकाय र सरोकारवालाहरूको पर्याप्त ध्यान नपुग्दा स्वच्छ नेपालको परिकल्पना चुनौतीपूर्ण देखिएको छ।

वातावरणको रक्षा गरौ भन्ने मूल नाराका साथ सबैले आ–आफ्नो तहबाट योगदान पुर्‍याउनु आवश्यक छ। यसै क्रममा नेपाल मोबाइल व्यवसायी संघ, कञ्चनपुरले माघ १ गते मकर संक्रान्तिको अवसरमा महेन्द्रनगरस्थित खुल्ला मञ्च वरपर सरसफाई अभियान सञ्चालन गरी वातावरणीय संरक्षणप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

संघका सचिव सिद्धराज भट्टका अनुसार यो अभियान हाम्रो वातावरणीय दायित्व पुरा गर्न र कञ्चनपुरलाई स्वच्छ बनाउने परिकल्पनामा योगदान पुर्‍याउने प्रयास हो। हामीले स्थानीय समुदायलाई पनि यस अभियानमा सहभागी गराउने प्रयास गरेका छौं।

यस ऐतिहासिक कार्यले सरसफाईको महत्त्वलाई उजागर गर्दै कञ्चनपुरको सरसफाईमा नयाँ दृष्टिकोण थपेको छ। यद्यपि, यस प्रकारका अभियानलाई दिगो बनाउन स्थानीय सरकार र अन्य सरोकारवालाहरूको सक्रिय सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ।

साथै स्थानीयस्तरमा स्वच्छता कायम राख्न र वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न दीर्घकालीन योजना आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.