बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडी जिल्लाको मेलौली नगरपालिका–८ जमाडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृतक ४० वर्षीया सीता विष्ट महिला स्वास्थ्य स्वयम्सेविका समेत थिइन्।

Dadeldhura Hospital

पुस १९ गते घाँस काट्ने क्रममा भीरबाट लडेकी विष्ट गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लगिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

धनगढीमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन्।

घटनाले मेलौली क्षेत्रका नागरिकलाई मर्माहत बनाएको छ। गाउँमा जोखिमपूर्ण स्थानमा घाँस तथा दाउरा संकलन गर्नुपर्ने बाध्यतालाई लिएर स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.