बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा : बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थलमै मृत्यु भएको हो।

Dadeldhura Hospital

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्। उहाँको असामयिक निधनले स्थानियबासीमा दुःख र शोक छाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरी र स्थानीय स्रोतका अनुसार डालेघाँस संकलन गर्ने क्रममा यो दुर्घटना भएको हो। स्थानीय अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.